News Griha :: न्यूजगृह
मैले कुनैपनि प्रभावमा परेर काम गरेको छैन : अर्थमन्त्री महत
फाइल तस्बिर ।

काठमाडौं— अर्थमन्त्री प्रकाशशरण महतले इमान्दार भएर काम गर्दा पनि आफूमाथि प्रश्न उठाइएको दाबी गरेका छन् । 

बजेट निर्माणका क्रममा बिचौलिया छिराएको आरोपबारे सदनलाई मंगलबार जवाफ दिने क्रममा उनले आफूले इमान्दार भएर राष्ट्रको पक्षमा काम गरेको तर, एउटा सञ्चार माध्यमले लेख्नसाथ सत्य ठानेर आफूमाथि प्रहार भएको जिकिर गरे ।

‘इमान्दार भएर काम गर्न कति कठिन हुँदोरहेछ । इमान्दार हुँदाखेरि प्रश्नमाथि प्रश्न उठ्ने रहेछ । एउटा पत्रिकाले पटकपटक दोहोर्‍याउँछ र त्यसैलाई हामी सत्य ठान्छौँ । त्यसको यथार्थलाई बुझ्न चाहँदैनौँ । मैले पारदर्शी ढंगबाट काम गरेको छु । कुनैपनि प्रभावबाट मैले काम गरेको छैन । यो पद र जिम्मेवारीमा रहेसम्म पूर्ण रूपमा आफ्नो जिम्मेवारी वहन गर्ने छु, ’ उनले भने ।

प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १५:०९
Weather Update