
जनकपुर— उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकार व्यापार गर्ने काममा लाग्न नहुने बताएका छन् ।
मंगलबार जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै उनले भने, ‘सरकरले व्यापार गर्ने होइन, निजी क्षेत्रले गर्ने हो व्यापार भनेको । सरकारले त मात्र सहयोग गर्ने हो । के गर्नुपर्छ बाटो बनाइदिने हो ।’
वर्तमान सत्ता गठबन्धन ५ वर्ष नै टिक्ने बताउँदै उनले उद्योग क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताए । बजेटको परम्परागत प्रणाली पञ्चायत कालदेखि नै रहिआएकाले यसलाई परिवर्तन नगरेसम्म देश र उद्योगीहरू सुखी हुन नसक्ने उनको भनाइ छ ।
देश बनाउनका लागि संघीय सरकारलाई मात्रै कराएर नहुने बरु सबै मिलेर सहकार्य गरी काम गरे देश विकास गर्न समय नलाग्ने उनले बताए ।
मन्त्री रिजालले पहाडबाट बगेर जाने बालुवा उत्खनन गरी बिक्री गर्दा विरोध भइरहेको भन्दै आपत्ति जनाए ।