थप ११ कम्पनीले पाए ब्रोकर लाइसेन्स

काठमाडौं— नेपाल धितोपत्र बोर्डले विभिन्न ११ कम्पनीलाई धितोपत्र व्यवसायी (ब्रोकर) को अनुमति दिएको छ ।
मापदण्ड पुगेका र पूर्वाधार तयार गरेका ११ कम्पनीलाई लाइसेन्स दिइएको बोर्डले जनाएको छ ।
नयाँ लाइसेन्स पाउनेमा, एलिट स्टक हाउस, इन्फिनिटी सेक्युरिटिज, इन्डेक्स सेक्यूरिटिज,शुभकामना सेक्यूरिटिज, मेघा स्टक मार्केट्स, हातेमालो फाइनान्सियल सर्भिसेस, मनि वर्ल्ड शेयर एक्सचेन्ज,माछापुच्छ्रे, सेक्युरिटिज, केबीएल सेक्यूरिटिज, कलश स्टक मार्केट र नबिल सेक्युरिटिज छन् ।
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८० १३:१२