फेरि बढ्यो सुनको मूल्य

काठमाडौं— नेपाली बजारमा सुनको भाउ फेरि बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ पुगेको छ ।
चाँदीको भाउ पनि मङ्गलबार तोलामा ५ रुपैयाँले बढेर १ हजार ४२० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
सोमबार सुन र चाँदीको भाउ स्थिर थियो ।
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८० १२:२४