राष्ट्र बैंकद्वारा मंगलबारको विदेशी मुद्राको विनिमय दर सार्वजनिक

काठमाडौं— नेपाल राष्ट्र बैंकले मंगलबारको विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ९८ पैसा र बिक्री दर १३२ रुपैयाँ ५८ पैसा पुगेको छ ।
यूरो एकको खरिद दर १४१ रुपैयाँ ०९ पैसा र बिक्री दर १४१ रुपैयाँ ७३ पैसा रहेको छ ।
त्यसैगरी बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ५१ पैसा र बिक्री दर १६४ रुपैयाँ २५ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २० पैसा र बिक्री दर ३६ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८० ०६:५९