
काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले सामुदायिक विद्यालय कर्मचारीका मागबारे संसदमा आवाज उठाएका छन् ।
सांसद शाहीले सोमबार बसेको प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममा विद्यालय कर्मचारीका माग पूरा गर्ने उल्लेख गरिए पनि बजेटमा सम्बोधन नगरिएको भन्दै आक्रोश पोखे ।
उनले भने,‘नीति तथा कार्यक्रमको पृष्ठ नं १२७ नम्बर बुँदामा के लेख्नुभएको छ भने सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीको सेवासुविधालगायत विषयमा सम्बोधन गरिनेछ भनेर राष्ट्रपतिले पढ्नुभयो । तर बजेटमा कहिँकतै पनि समेटिएन । त्यहि भएर आज ३५ हजार ६८ जना मान्छे आन्दोलनमा छन् । कि त नीति तथा कार्यक्रममा नलेख्नु । कि त यसमा (बजेट) लेख्नु । एउटामा लेखेर चर्चा कमाउन बजेट अगाडि बढाएर हुँदैन ।’
अर्थमन्त्री डा.प्रकाशरण महतले विद्यालय कर्मचारीका सेवासुविधा समेटिएको नीति तथा कार्यक्रमको १२७ नम्बर बुँदा बजेटमा ‘चपाएको’ भन्दै कर्मचारी आन्दोलित छन् ।
उनीहरूले बजेट संशोधन गरेर माग पूरा गर्नुपर्ने बताएका छन् ।
यो पनि पढ्नुहोस