विद्यालय कर्मचारीको धर्ना जारी

काठमाडौं— नेपाल विद्यालय कर्मचारी परिषद्को आह्वानमा देभरका विद्यालय कर्मचारीले शिक्षा विकास तथा समन्वय इकाई परिसरमा धर्ना दिएका छन् ।
आइतबारदेखि सुरु भएको धर्ना अभियान सोमबार पनि जारी छ ।
चर्को घाम, तातो हावा सहेर पनि कर्मचारीहरूले ७७ वटै जिल्ला विकास तथा समन्वय इकाईमा धर्ना दिइरहेका छन् ।
यो पनि पढ्नुहोस
सरकारले नयाँ बजेटमार्फत माग सम्बोधन नगरेको भन्दै उनीहरुले आन्दोलन सुरु गरेका हुन् ।
आन्दोलन माग पूरा नभएसम्म जारी रहने विद्यालय कर्मचारीहरुको भनाइ छ ।
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८० १८:००