News Griha :: न्यूजगृह
नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं— यो साता कारोबारको पहिलो दिन आइतबार ५० अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोस्रो दिन सोमबार भने दोहोरो अंकको गिरावट देखिएको छ । नेप्से परिसूचक १७ दशमलव ३८ अंकले घटेर एक हजार नौ सय ०१ दशमलव ९९ अंकमा कायम भएको हो ।

सोमबार दुई सय ७७ कम्पनीको ५६ लाख २० हजार तीन सय ८१ कित्ता शेयर ३६ हजार पाँच सय ६८ पटक खरिदबिक्री हुँदा रु एक अर्ब ९७ करोड ३४ लाख ९१ हजार एक सय सात बराबरको कारोबार भएको छ ।

सोमबार सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै जीवन बीमा समूह एक सय २४ दशमलव १४ र उत्पादन तथा प्रशोधन समूह एक सय २१ दशमभलव ३० अंकले घटेको छ । बैंकिङ समूह नौ दशमलव १६, विकास बैंक ५० दशमलव ९५, वित्त १७ दशमलव ३९, होटल तथा पर्यटन ३२ दशमलव ०१, जलविद्युत् ११ दशमलव ५१ र लगानी समूह शून्य दशमलव ५४ अंकले घटेको छ ।

त्यसैगरी, लघुवित्त समूह १८ दशमलव ६४, म्युचुअल फन्ड शून्य दशमलव ०३, निर्जीवन बीमा समूह ५७ दशमलव ०६, व्यापार समूह ३६ दशमलव ९४ र अन्य समूह २० दशमलव ६३ अंकले घटेको छ ।
   
ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१ को शेयर मूल्य सोमबार सबैभन्दा धेरै आठ दशमलव ०२ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने शिवम् सिमेन्ट लिमिटेडको शेयर मूल्य चार दशमलव ५० प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज शिवम् सिमेन्ट लिमिटेडको रु १९ करोड ८९ लाख ५६ हजार तीन सय ५३ बराबरको चार लाख १४ हजार छ सय १६ कित्ता शेयर किनबेच भएको छ । रासस

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १६:२७
Weather Update