News Griha :: न्यूजगृह
सुनचाँदीको मूल्य स्थिर

काठमाडौं— नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर नै रहेको छ । 

सुनचाँदी व्यवसायी महासंघले सोमबार पनि आइतबारकै मूल्यमा सुनचाँदीको कारोबार भएको जनाएको हो । 

सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ६ सय र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ५० रुपैयाँ छ । 

त्यसैगरी, चाँदी प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १२:०१
Weather Update