News Griha :: न्यूजगृह
सोमबार कति छ करेलासहितको मूल्य ?

काठमाडौं— कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

समितिका अनुसार गोलभेँडा (नेपाली) २७ रुपैयाँ ५० पैसा, ठूलो गोलभेँडा (भारतीय) ३६ रुपैयाँ ६७ पैसा, गोलभेँडा (लोकल) १५ रुपैयाँ ८० पैसा, रातो आलु ४५ रुपैयाँ २० पैसा, रातो आलु (भारतीय) ३५ रुपैयाँ २० पैसा, मुडेको रातो आलु ४१ रुपैयाँ ३३ पैसा, सेतो आलु ३४ रुपैयाँ ६७ पैसामा किनबेच भइरहेको छ ।

सुकेको प्याज (भारतीय) ५९ रुपैयाँ २० पैसा, लोकल गाँजर ९५ रुपैयाँ, लोकल बन्दा १३ रुपैयाँ ६० पैसा, स्थानीय काउली, रातो बन्दा, हरियो प्याज, घिरौँला र लोकल सिमी ६५ रुपैयाँ, स्थानीय काउली (ज्यापु) ७६ रुपैयाँ ६ पैसा, लोकल सेतो मूला १७ रुपैयाँ ५० पैसा, लाम्चो भन्टा ३६ रुपैयाँमा खरिदबिक्री भइरहेको छ भने भ्यान्टा डल्लो, मकै बोडी, लौका र तराई परवर ६६ रुपैयाँ ६७ पैसा, मटरकोशा १९६ रुपैयाँ ६७ पैसा, हाइब्रीड घिउ सिमी र लोकल परवर ७५ रुपैयाँ, भटमासकोशा ११५ रुपैयाँ, करेला, फर्सी र रायोको साग ४५ रुपैयाँ तोकिएको छ ।

समितिका अनुसार चिचिण्डो र रुख कटहर प्रतिकेजी ३५ रुपैयाँ, सलगम, न्यूरो, हरियो लसुन, गान्टे मूला, ग्याठ कोबी, जिरीको साग र चुकुन्दर ७६ रुपैयाँ ६७ पैसा, भिण्डी ७६ रुपैयाँ, स्कूस ५६ रुपैयाँ, तामा, सौफ, पालूगो, मेथी र चमसूरको साग ९६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १५६ रुपैयाँ, डल्ले च्याउ ३४२ रुपैयाँ, कुरिलो २३३ रुपैयाँ ३३ पैसामा कारोबार भइरहेको छ ।

ब्रोकाउली ८६ रुपैयाँ, सजिवन ८६ रुपैयाँ ६७ पैसा, सेलरी १४० रुपैयाँ, पार्सले २४० रुपैयाँ, पुदिना १७० रुपैयाँ, इमली १३५ रुपैयाँ, तोफु ११६ रुपैयाँ, गुन्द्रुक २७५ रुपैयाँमा रहेकाे छ ।

फुजी स्याउ ३०० रुपैयाँ, कागती १६५ रुपैयाँ, अनार ३८३ रुपैयाँ ३३ पैसा, मालदह आँप ९५ रुपैयाँमा किनबेच भइरहेकाे छ भने दसहरी आँप ९६ रुपैयाँ ६७ पैसा, हरियो अंगुर २२५ रुपैयाँ, मौसम १६५ रुपैयाँ, जुनार २१० रुपैयाँ, लोकल काँक्रो १०५ रुपैयाँ, लोकल लिच्ची १९० रुपैयाँ, लिची (भारतीय) काे मूल्य २२३ रुपैयाँ ३३ पैसा रहेको छ ।

किवि ४५० रुपैयाँ, आभोकाडो ५५० रुपैयाँ, अदुवा २५५ रुपैयाँ, सुकेको खुर्सानी ४६५ रुपैयाँ, अकबरे खुर्सानी २७५ रुपैयाँ, सुकेको चाइनिज लसुन २३८ रुपैयाँ, सुकेको नेपाली लसुन १७० रुपैयाँ, रहु माछा ३२३ रुपैयाँ ३३ पैसा र मुंगरी ताजा माछा ३३५ रुपैयाँ तोकिएको समितिले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  ०९:०९
Weather Update