नागरिकता विधेयक
राष्ट्रिय सभा बैठक पनि स्थगित

काठमाडौं— नागरिकता विधेयक प्रमाणीकरणको विरोध गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले राष्ट्रिय सभा बैठक पनि अवरुद्ध पारेको छ ।
बैठक सुरु भएलगत्तै एमाले सांसद भैरव सुन्दर श्रेष्ठले नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रियाप्रति आपत्ति जनाउँदै सरकारले जवाफ दिनुपर्ने माग राखे । त्यसलगत्तै एमालेका सांसद उठेर विरोध जनाए ।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यथास्थानमा बसिदिन आग्रह गर्दा पनि उनीहरु नबसेपछि २९ मिनेटका लागि बैठक स्थगित भएको जानकारी गराए ।
प्रतिनिधि सभाको बैठक पनि नेकपा एमाले, रास्वपा र राप्रपाका सांसदहरूको अवरोधका कारण एक घण्टाका लागि स्थगित गरिएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ २१, २०८० १३:२९