News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
६३६ रुपैयाँमा टेलिकमको एक महिनाभर अनलिमिटेड भ्वाइस र डेटा

काठमाडौं— नेपाल टेलिकमले ‘सजिलो अनलिमिटेड भ्वाइस एन्ड डेटा पोस्टपेड–६३६’ प्याकेजलाई परिमार्जन गरेको छ ।

पोस्टपेड मोबाइल प्रयोगकर्ताका यो अफर उपलब्ध गराइको हो । यसअन्तर्गत रु ६३६ मा ३० दिनसम्म कम्पनीकै नेटवर्कभित्र अनलिमिटेड कल गर्न सकिनेछ भने अन्य नेटवर्कमा १०० मिनेट कल गर्न सकिनेछ ।

Prabhu Bank

यो डेटा सकिएमा ग्राहकले सुलभ दरको एड अन प्याक खरिद गर्न सक्नेछन् । सजिलो अनलिमिटेड भ्वाइस एन्ड डेटा पोस्टपेड–६३६ प्याकेज प्राप्त गर्न ग्राहकले *1415*2*2#  डायल गर्नुपर्ने छ ।

यस अफरमा अन नेट १५० ओटा एसएमएस पठाउन सकिने सुविधासमेत उपलब्ध छ । त्यसैगरी पहिले प्रत्येक दिन ३०० एमबी डेटा प्रयोग गर्न सकिने व्यवस्था भएकोमा अब एकमुष्ट ९ जीबी डेटा उपलब्ध हुनेछ ।

पहिले ३०० एमबी डेटा सकिएमा दैनिक ६४ केबीपीएसको इन्टरनेट प्रयोग गर्न सकिने सुविधा उपलब्ध भएकोमा अब आवश्यकताबमोजिम ९ जीबी डेटा जतिबेर पनि प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  १७:०१
sagarmatha cementsagarmatha cement
Weather Update