News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
‘साओमी १३ अल्ट्रा’ आगामी साता सार्वजनिक हुने, के-के छन् विशेषता ?

काठमाडौं— साओमीको नयाँ स्मार्टफोन ‘साओमी १३ अल्ट्रा’ विश्व बजारमा आगामी साता सार्वजनिक हुने भएको छ । 

शुक्रबार कम्पनीले आफ्नो साइटमार्फत मोबाइल सार्वजनिक हुने मितिको घोषणा गरेको हो । चिनियाँ बजारमा सार्वजनिक भएको साओमी १३ अल्ट्रा अब भने विश्व बजारमा नै आउने भएको छ ।

Prabhu Bank

यो फोनमा १२० हर्जरिफ्रेसरेट सहितको ६.७२ इन्चको एमोलेडएलटीपीओ डिस्प्ले उपलब्ध छ । एन्ड्रोइड १३ र मियूआई १४ मा आधारित यो फोनमा स्न्यापड्रागन ८ जेन २ चिपसेट प्रयोग गरिएको छ । 

यो फोन १२ जीबी र्‍याम सहित २५६ जीबी स्टोरेज र १६ जीबी र्‍याममा ५१२ जीबी अथवा १ टीबी स्टोरेज भेरियन्टमा उपलब्ध छ ।

फोनमा ५००० एमएचको ब्याट्री दिइएको छ जसले ९० वाटको वायर चार्जर र ५० वाटको वायरलेस चार्जिङ सपोर्ट गर्छ । फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा सहित ३२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा उपलब्ध छ ।

 

 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  १४:३७
sagarmatha cementsagarmatha cement
Weather Update