सुनको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं— नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै महँगो भएको छ ।
शुक्रबार सुनको मूल्य प्रतितोला ८ सयले बढेर १ लाख १३ हजार ३ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको छ । बिहीवार सुन तोलामा ५ सय रुपैयाँले बढेर १ लाख १२ हजार ५ सय रुपैयाँमा पुगेको थियो । तेजावी सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ७ सय ५० रुपैयाँ रहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेर १ हजार ४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८० ११:३३