News Griha :: न्यूजगृह
सांसद विकास कोष हटाउन माग गर्दै अनेरास्ववियुले बुझायो सभामुखलाई ज्ञापनपत्र

काठमाडौं—  सरकारबाट संघीय संसदमा प्रस्तुत आर्थिक वर्ष २०८०/८१ को बजेटमा प्रस्तावित पूर्वाधार विकास कोष (सांसद विकास कोष) को व्यवस्था हटाउन माग गर्दै  प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई ज्ञापनपत्र बुझाइएको छ ।

बिहीबार नेकपा एमाले निकट अनेरास्ववियुले सभामुख घिमिरेलाई ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझाउन सो संगठनका अध्यक्ष समिक बडाल नेतृत्वको टोली सिंहदरबार गएको थियो ।

 

प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  २०:३९
Weather Update