News Griha :: न्यूजगृह
सांसद विकास कोष खारेजीको माग गर्दै रास्वपाले संकल्प प्रस्ताव दर्ता गर्ने

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद विकास कोष खारेजीको माग गर्दै संकल्प प्रस्ताव दर्ता गर्ने निर्णय गरेको छ ।

रास्वपाको बिहीबार बसेको संसदीय दलको बैठकले संकल्प प्रस्ताव दर्ता गर्ने निर्णय गरेको हो ।

कोषको लागि विनियोजन भएको बजेट तत्काल अन्य आवश्यक विकास निर्माणका कार्यमा परिचालन गर्नुपर्ने रास्वपाको माग छ ।

१५ जेठमा अर्थमन्त्री डा.प्रकाशशरण महतले बजेटमा सांसद विकास कोष ब्यूँत्याएर प्रतिसांसद ५ करोड रुपैयाँ बजेट छुट्याएका छन् ।यसका लागि कुल ८ अर्ब २५ करोड रकम विनियोजन गरिएको छ ।

सरकारले असहज आर्थिक परिस्थितिमा विवादित कार्यक्रम ब्यूँताएर जनतामा आर्थिक भार थपेको भन्दै रास्वपाले विरोध जनाएको हो ।

प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  २०:१०
Weather Update