नेपाल–भारत सीमा समस्या समाधान हुन्छ : भारतीय प्रधानमन्त्री मोदी

काठमाडौं— भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत सीमा समस्या समाधान हुने दृढता व्यक्त गरेका छन् ।
बुधबारबाट भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हैदराबाद हाउसमा भएको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले दुई देशको सम्बन्धलाई हिमालय जति उचाइ दिन काम गरिरहने बताए ।
उनले भने, ‘नेपाल र भारतको सीमा समस्या समाधान हुन्छ, यस्का लागि भारतीय पक्ष दृढ छ ।’
भारतीय प्रधानमन्त्री मोदीले सीमा समस्याको समाधान कसरी र कहिले हुने भन्ने बारेमा भने केही बताएनन् ।
प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८० १५:०४