सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौं— सुनको मूल्य बढेर बिहीबार पनि नयाँ रेकर्ड कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ५ सयले बढेको छ । छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५०० मा कारोबार भइरहेको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ११ हजार ९५० र चाँदीको मूल्य प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार छापावाल सुन १ लाख १२ हजार रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदी प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८० १३:०१