News Griha :: न्यूजगृह
पटक–पटक म्याद थप्दा पनि बनेन स्वास्थ्य चौकी

खोटाङ— खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित बिर्तास्थित स्वास्थ्य चौकी भवन छ पटक म्याद थप्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन । निर्माण थालेको आठ वर्ष बितेको छ ।

२०७४ साल २० कात्तिकभित्र सक्ने गरी यूएस–नाना जेभीले भवन निर्माणको सम्झौता गरेको थियो । यसबीचमा निर्माणका लागि छ पटक म्याद थपिएको छ । दुई करोड १६ लाखको लागतमा भवन निर्माणको सम्झौता गरिएको थियो ।

भवन निर्माण गर्न २०७५ वैशाख, माघ, २०७७ असार, पुस, २०७८ चैत र २०७९ पुसमा म्याद थपिएको वडाध्यक्ष जीवन न्यौपानेले जानकारी दिए ।

‘पछिल्लो पटक म्याद नथपिएपछि भवन निर्माणको टुंगो लागेको छैन’, उनले भने । हालसम्मको काम पनि गुणस्तरिय नभएको उनको भनाइ छ ।

‘भवनको भित्री भागको धेरै काम बाँकी नै छ । झ्यालको सिसा, भित्री भागको रङरोगन, शौचालय तथा स्नानगृहमा धारा, टायल बिछ्याउनेलगायत काम बाँकी छ’,न्यौपानेले भने ।

प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  ०९:२३
Weather Update