News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
बाग्मती प्रदेशलाई प्रविधिमैत्री बनाइने

हेटौँडा— बाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष प्रदेशलाई प्रविधिमैत्री बनाउने भएको छ ।

नीति तथा कार्यक्रममा नै समावेश भएको कार्यक्रमअनुसार प्रदेशलाई प्रविधिमैत्री बनाइने पक्का भएको प्रदेश मुख्यमन्त्री शालिकराम जम्कट्टेले बताएका हुन् ।

Prabhu Bank

उनले सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा नै दीगो विकासको अवधारणाअनुसार योजना निर्धारण गरिएको बताए ।

मुख्यमन्त्री जमकट्टेले प्रदेश सरकारको भूमिका थप मजबुत बनाउन संघीय सरकार र स्थानीय सरकारसँगको समन्वयलाई प्रभावकारी बनाउने जनाए ।

आर्थिक नीति, सामाजिक न्यायको माध्यमबाट प्रदेश समृद्धिका योजना तर्जुमा गर्ने, प्रदेशको सन्तुलित विकासका लागि ठूला आयोजना छनोट गरी कार्यान्वयनमा ल्याइने सरकारको नीति तथा कार्यक्रम रहेको उनको भनाइ छ ।

बाग्मती सरकारले पूँजी निर्माण, उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारीका अवसर सिर्जनाका लागि लगानी केन्द्रित गर्ने नीति लिने उनको भनाइ थियो ।

योजना तथा कार्यक्रमको न्यूनतम लागत निर्धारण गरी सोभन्दा कमका आयोजना स्थानीय तहमा पठाइने नीति सरकारको रहेको उनले जानकारी दिए ।

मुख्यमन्त्री स्वास्थ्यपरीक्षण कार्यक्रम, एक विद्यालय एक नर्स कार्यक्रम, एक प्रदेश निर्वाचन क्षेत्र एक प्राङ्गारिक मल उत्पादन केन्द्र स्थापना गर्ने लक्ष्य पनि प्रदेश सरकारको नीति तथा कार्यक्रममा समेटिएको उनले जनाए ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  २१:१३
sagarmatha cementsagarmatha cement
Weather Update