नेपाली भूमि भारतीय नक्सामा राखिनु आपत्तिजनक छ : चित्रबहादुर केसी

काठमाडौं— भारतले नेपालको भूमि लुम्बिनी र कपिलवस्तुलाई समेत नक्सामा सामेल गरेर भारतीय संसदमा राखेको भन्दै राष्ट्रिय जनमोर्चाले विरोध गरेको छ ।
बुधबार काठमाडौंको रत्नपार्कमा विरोध प्रदर्शन गर्दै जनमोर्चाले भारतले नेपालमाथि गरिरहेको एकपछि अर्को षडयन्त्र यो एक कडी भएको बताएको छ ।
यो पनि पढ्नुहोस
विरोधमा कार्यक्रममा राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले नेपाललाई भारतमा गाभ्ने उदेश्य सहित भारतले विभिन्न षडयन्त्र गरिरहेको बताए ।
उनले भने,‘सत्तामा बस्नेले नै जनतालाई लुट्ने भएपछि यो विकृति विसंगतिको विरुद्धमा जति गरे पनि सुन्दैन । लुम्बिनी र कपिलवस्तुलाई समेत नक्सामा गाभेको छ ।’ उनले सत्तामा आएकाहरूले देशलाई लुटिरहेको बताए ।
प्रकाशित मिति: बुधबार, जेठ १७, २०८० १८:४३