News Griha :: न्यूजगृह
सुनको भाउले बनायो ऐतिहासिक रेकर्ड, तोलाको कति पुग्यो?

काठमाडौं— नेपाली बजारमा बुधबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य पछिल्लो रेकर्ड भन्दा दुई सय रुपैयाँ बढी हो ।

यसअघि गत २१ वैशाखमा एक लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार तोलामा दुई हजार चार सय रुपैयाँ बढेको सुनको मूल्य बुधबार प्रतितोला एक हजार पाँच सय रुपैयाँ बढेको हो ।

महासङ्घका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार तेजाबी सुन प्रतितोला एक लाख नौ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  १२:४७
Weather Update