
मुगु— मुगुको छायानाथ रारा नगरपालिका–१३ तिर्प गाउँमा सिँचाइ कुलो निमार्ण भएपछि किसान खुसी भएका छन् । आकाशे पानीको भरमा सिँचाइ गर्दै आएका किसान तरकारी, अन्नबाली लगाउन सहज हुने बताउँछन् ।
ग्रामिण समुदाय विकास केन्द्र आरसीडीद्वारा सञ्चालित यूएसआईडी मर्सीकोरको आर्थिक सहयोग भकारी परियोजनअन्तर्गत तिर्प गाउँमा ३ सय २० मिटर लामो सिँचाइ कुलो निमार्ण भई सञ्चालनमा आएको कृषक अर्जुन रोकायाले बताए ।
तिर्प सिँचाइ कुलो निर्माण समितिकी अध्यक्ष वियकला मल्लले कुलो निमार्ण भई सञ्चालनमा आएसँगै आकाशे पानीको भर पर्न नपर्ने र किसानको उत्पादन पनि बढ्ने बताइन् । भकारी परियोजनाले सिँचाइ कुलो निर्माणमा जोड दिएको भकारी परियोजना संयोजक कर्णजंग शाहीले बताए ।
संस्थाको तर्फबाट १४ लाख ८९ हजार ९ सय ५ र जन श्रमदान बाट १ लाख ७६ हजार ८ सय २५ गरी जम्मा १६ लाख ६६ हजार ७ सय ३१ मा सिँचाइ कुलो निमार्ण भएको बताइएको छ ।