News Griha :: न्यूजगृह
कतिपय योजना बजेट वक्तव्यमा छुटेको अर्थमन्त्रीको प्रष्टिकरण : आर्थिक वृद्धिको लक्ष्य पूरा हुने दाबी

काठमाडौं— अर्थमन्त्री प्रकाशशरण महतले बजेट व्यवस्था भएका कतिपय योजना वक्तव्यमा छुटेको प्रष्टिकरण दिएका छन् । 

मंगलबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सांसदहरूले आफ्नो क्षेत्रमा बजेट परेन भनेर गुनासो गरेको भन्दै रातो किताबमा भएका पनि कतिपय विषय वक्तव्यमा छुटेको बताए । 

उनले भने, ‘कतिपय मान्यहरू हाम्रो त आउँदै आएन आयोजना भन्नुभएको छ । हामीले जानीजानी हैन रातो किताबमा आएको छ । छुटेको छ । तर, परेको छ । गमगढि नाम्चे लालमा सडक त्यसमा ५० करोड राखिएको छ । तीमध्ये धेरै बजेटहरू बजेट वक्तव्यमा नाम लिन सकिएको छैन । त्यो म पछि राख्नेछु ।’

उनले यो बजेटले आउने दिनमा आर्थिक वृद्धिको लक्ष्य पूरा गर्ने दाबी गरे । 

‘यो बजेटले आउने दिनमा अर्थिक वृद्धिको हाम्रो लक्ष्यलाई पूरा गर्छ । पूर्वाधार विकासमा जोड दिएका छौँ । पुँजीको सीमितता अझै पनि चुनौतीपूर्ण छ । पर्यटनको क्षेत्रमा ठूलो सम्भावना छ । हामीले पूर्वधार विकास गर्न जरुरी छ ।’

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  १५:११
Weather Update