बजार
२ हजार ४ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं— सुनको मूल्य बढेको छ । मंगलबार सुनको मूल्य बढेर १ लाख १० हजार ५ सयमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा मंगलबार सुनको मूल्य २ हजार ४ सय रुपैयाँले बढेको हो ।
सोमबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार १ सय र तेजाबी सुन १ लाख ७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार छापावाला सुन १ लाख १० हजार ५ सय र तेजाबी सुन १ लाख ९ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै मंगलबार चाँदीको मूल्य पनि बढेको छ ।
सोमबार चाँदी प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८० १२:४३