सांसदहरूलाई बालेनको व्यंग्य– सांसद विकास कोष पाएपछि बल्ल वडाध्यक्षको लेबलमा आउनुभयो

काठमाडौं— काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सांसदहरूलाई व्यंग्य गरेका छन् ।
आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत सांसद विकास कोष पाएपछि सांसदहरू वडाध्यक्षको लेबलमा आएको मेयर साहले बताएका हुन् ।
मेयर बालेनले वडाध्यक्षकै काम गर्ने भए सांसद बनिरहन आवश्यक नरहेको पनि बताए ।
‘सांसद विकास कोष पाउनु भएसी बल्ल सांसदहरू वडा अध्यक्षको लेबलमा आउनुभयो । वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीय ज्युहरु,’मेयर साहले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
यो पनि पढ्नुहोस
प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८० ०९:४४