सांसद विकास कोषका लागि ८ अर्ब २५ करोड विनियोजन

काठमाडौं— सरकारले सांसद विकास कोष ब्युँताउँदै त्यसका लागि ८ अर्ब २५ करोड रुपैयाँ विनियोजन गरेको छ ।
अर्थमन्त्री डा.प्रकाशशरण महतले संघीय संसद् बैठकमा सोमबार आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै सांसद विकास कोषका लागि ८ अर्ब २५ करोड विनियोजन गरेका हुन् ।
प्रत्येक निर्वाचन क्षेत्रमा ५ करोड रुपैयाँ विनियोजन गर्ने गरी संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम बजेटमा राखिएको अर्थमन्त्रीले जानकारी दिए ।
‘निर्वाचन क्षेत्रका जनताले अपेक्षा गरेका विकास निर्माणका स्थानीय आवश्यकताहरू जनप्रतिनिधिसमार्फत सम्बाेधन गर्न प्रत्येक निर्वाचन क्षेत्रका लागि ५ करोड विनियोजन गर्ने गरी संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम प्रस्ताव गरेको छु,’उनले भने ।
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८० १९:२४