
काठमाडौं— कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
नेपाली ठूलो गोलभेँडा प्रतिकेजी न्यूनतम ५० रुपैयाँ, नेपाली लोकल गोलभेँडा १२ रुपैयाँ, रातो आलु ३८ रुपैयाँ, सेतो आलु ३२ रुपैयाँ, स्थानीय काउली ७० रुपैयाँ, कागती १६० रुपैयाँ, सुकेको प्याज ३४ रुपैयाँ, लोकल बन्दा १२ रुपैयाँ प्रतिकेजी मूल्य निर्धारण गरिएको छ ।
लोकल गाँजरको न्यूनतम मूल्य प्रतिकेजी ७०, तने बोडी ७०, लोकल सिमी ६०, भटमास कोशा १३०, मटर कोशा १७०, तिते करेला २५, लौका ३०, परवल लोकल ८०, पाकेको फर्सी ४०, फर्सी हरियो २५, घिरौंला ५०, भिण्डी ६०, सलगम ७०, कन्य च्याउ १४० रुपैयाँ, डल्ले च्याउ २८०, कुरीलो २५०, ब्रोकाउली ७०, तोफु ९०, लोकल काँक्रो १२०, बरेला ११० रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको छ ।
चमसूरको साग १००, पालुंगो साग १००, मेथिको साग १००, तोरीको साग ४० हरियो लसुन ८०, हरियो प्याज ८०, रायो साग ४०, धनियाँ १५० रुपैयाँ प्रतिकेजी तोकिएको छ ।
हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २२० रुपैयाँ, तरबुजा हरियो ४०, भारतीय दसहरी आँप १८०, मौसम १५०, अनार ३००, केरा दर्जनको १४०, फूजी स्याउ २८०, आभोकाडो ४०० र मेवा ११० र लिच्ची २०० रुपैयाँ तोकिएको कालीमाटी फलफूल बजार विकास समितिले जनाएको छ ।