News Griha :: न्यूजगृह
गोरखाका ११ स्थानीय तहलाई साढे चार अर्ब बढी बजेट विनियोजन

काठमाडौं— गोरखा जिल्लाभित्र रहेका स्थानीय तहलाई संघीय सरकारबाट आगामी आर्थिक वर्षका लागि साढे चार अर्बभन्दा बढी बजेट विनियोजन भएको छ ।

संघीय सरकारले आगामी आव २०८०/८१ का लागि सोमबार बाँडफाँट गरेको बजेटमा जिल्लाभित्रका ११ स्थानीय तहलाई कुल चार अर्ब ५८ करोड ३७ लाख समपूरक बजेट विनियोजन भएको हो ।

दुई नगरपालिका र नौ गाउँपालिका रहेको गोरखामा सबैभन्दा धेरै गोरखा नगरपालिकालाई कुल ६१ करोड ८१ लाख र पालुङटार नगरपालिकालाई ५७ करोड दुई लाख विनियोजना भएको छ । जिल्लामा सबैभन्दा कम चुमनुब्री गाउँपालिकालाई २० करोड ७७ लाख बजेट विनियोजन भएको हो ।

त्यस्तै जिल्लाको आरुघाट गाउँपालिकालाई ४० करोड ४२ लाख, गण्डकी गाउँपालिकालाई ४४ करोड ६८ लाख, अजिरकोट गाउँपालिकालाई ३१ करोड ६८ लाख र धार्चे गाउँपालिकालाई ३१ करोड २१ लाख बजेट विनियोजन भएको छ ।

शहीद लखन गाउँपालिकालाई ४३ करोड २० लाख, भीमसेन थापा गाउँपालिकालाई ४० करोड १० लाख, बारपाक सुलिकोट गाउँपालिकालाई ४० करोड ५९ लाख र सिरानचोक गाउँपालिकालाई ४६ करोड ८९ लाख रकम संघीय सरकारले विनियोजन गरेको हो ।

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  ०८:४२
Weather Update