News Griha :: न्यूजगृह
सांसद विकास कोषका लागि बजेट विनियोजन गर्नु गलत : ज्ञानेन्द्र शाही

काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा सांसद ज्ञानेन्द्रबहादुर शाहीले सांसद विकास कोषका लागि ८ अर्ब २५ करोड बजेट विनियोजन गर्ने सरकारको निर्णयको विरोध गरेका छन् ।

सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गरेपछि संसद् भवनबाट बाहिरिने क्रममा पत्रकारसँग उनले सो बजेट दुरुपयोग हुने बताए । ८ अर्ब २५ रुपैयाँबाट प्रत्येक निर्वाचन क्षेत्रका सांसदले ५ करोड पाउनेछन् ।

शाहीले भने,‘निर्वाचन क्षेत्रमा ५ करोड सांसदलाई पारेर मात्र भएन । त्यो कति ठाउँमा दुरुपयोग भएको छ । प्रदेश र स्थानीय सरकारको क्षेत्र भएकाले आवश्यक होइन । आइसकेपछि म एक जनाले विरोध गरेर हुने पनि होइन् । स्थानीय सरकार नभएको भए आवश्यकता पर्थ्याे । त्यो नभएपछि यो आवश्यक छैन ।’

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  ०७:२४
Weather Update