बजेटलाई विश्वास गर्न गाह्रो छ : स्वर्णिम वाग्ले

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लेले सरकारले ल्याएको बजेट विश्वास गर्न गाह्रो रहेको टिप्पणी गरेका छन् ।
सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गरेपछि पत्रकारसँग कुराकानी गर्दै उनले १५ सय ५० अर्ब नाग्दैन भनेको बजेट २ सय अर्ब थपिएर ल्याइएको भन्दै त्यसले अविश्वासको बिउ रोपेको टिप्पणी गरे ।
उनले भने,‘१७ सय ५१ अर्बको बजेट ल्याइएको छ । पहिला १७ सय ९१ अर्बको बजेट ल्याइएको थियो । यो हावादारी भयो भनेर अर्थमन्त्रालय नै केहि महिना अगाडि १५सय ५० अर्ब नाग्दैन भनेको अवस्थामा अहिले २ सय अर्ब थपिएर बजेट ल्याइयो त्यसले सुरुमा नै अविश्वासको बिउ रोपेको छ ।’
प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८० ०७:११