कर्मचारीको सबै प्रकारका भत्तामा कटौती

काठमाडौं— सरकारले सोमबार (१५ जेठ) ल्याएको बजेटमा कर्मचारीको तलब विगतकै कायम गरिएको छ । बजेटमा कर्मचरीले पाउने भत्ता भने कटौती गरिएको छ ।
अर्थमन्त्री डा.प्रकाशरण महतले भने,‘स्रोतमा परेको चापलाई मध्यनजर गरी आगामी आर्थिक वर्षका लागि सबै प्रकारका प्रोत्साहन भत्ता, अतिरिक्त समय भत्तासहित भत्ता खारेज गरेको छु ।’
सरकारले आगामी आर्थिक वर्षमा कर्मचारीका लागि नयाँ दरबन्दी स्वीकृत नगर्ने नीति पनि बजेटमार्फत सार्वजनिक गरेको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८० ०६:४६