News Griha :: न्यूजगृह
बजेटले निजी क्षेत्रको मनोबल बढायो : अध्यक्ष ढकाल

काठमाडौं— नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा निजी क्षेत्रलाई महत्व दिँदै विद्यमान आर्थिक अवस्थालाई सुधार गर्ने प्रतिवद्धता व्यक्त भएको बताएका छन् ।

निजी क्षेत्रलाई अर्थतन्त्रको सम्वाहकका रुपमा प्रवर्द्धन गर्ने विषय यस बजेटमा समावेश भएको उनको प्रतिक्रिया छ ।  बजेटमा महासङ्घले दिएका कतिपय सुझावहरु समेत समावेश भएको उनले बताए ।

उनले पूँजीगत खर्च बढाउने र अनुत्पादक खर्च कटौतीका लागि विशेष पहल गरिएको विषय स्वागतयोग्य रहेको प्रतिक्रिया दिए । अध्यक्ष ढकालले बजेटमा व्यवस्था गरिएका विषय कार्यान्वयनमा कसरी जान्छ भन्ने हेर्न भने बाँकी नै रहेको जानकारी दिए ।

बजेटमा निजी क्षेत्रलाई विश्वासमा लिने र प्राथमिकता दिने भनिएको भए पनि कार्यान्वयनमा कसरी आउँछ भन्ने विषयलाई आफूहरुले हेरिरहेको उनले बताए ।

‘बजेट निजी क्षेत्रको मनोबल बढाउने गरी आएको छ । निजी क्षेत्रले दिएका कतिपय सुझाव समेटिएको पनि छ, आर्थिक ऐन कसरी आउँछ भन्ने हेर्न भने बाँकी छ’,अध्यक्ष ढकालले भने ।

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  २२:१४
Weather Update