News Griha :: न्यूजगृह
एमाले अध्यक्ष ओली भन्छन्– बजेटले संकट टार्न सक्दैन

काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको बजेटले अहिलेको आर्थिक संकट टार्न नसक्ने प्रतिक्रिया दिएका छन् ।

अर्थमन्त्री डा.प्रकाशशरण महतले सोमबार संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ बजेटका बारेमा प्रारम्भिक प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले बजेटले वर्तमान संकटलाई धान्न नसक्ने बताए ।

उनले भने,‘यो बजेटले संकट दर्शाउँछ तर समाधान केही पनि दिँदैन ।’

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  २०:२१
Weather Update