News Griha :: न्यूजगृह
आगामी आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हुने सरकारको अपेक्षा

काठमाडौं— सरकारले आगामी आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने अपेक्षा राखेको छ ।

अर्थमन्त्री डा.प्रकाशशरण महतले सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै ६ प्रतिशत आर्थिक वृद्धि हुने अपेक्षा गरेको बताए ।

उनले आगामी वर्ष मुद्रास्फीति ६.५ प्रतिशतमा सीमित हुने अनुमान रहेको बताए । उनले बजेटले लिएको उद्देश्य प्राप्त गर्न सघाउ पुग्ने गरी नेपाल राष्ट्र बैंकले मौद्रिक नीति तय गर्ने बताए ।

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १९:५९
Weather Update