News Griha :: न्यूजगृह
स्वास्थ्य क्षेत्रमा बजेट बढाइयो

काठमाडौं— सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बजेट १४ अर्बले बढाएको छ ।

अर्थमन्त्री डा.प्रकाशशरण महतले सोमबार संघीय संसद्मा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्दै स्वास्थ्य मन्त्रालयतर्फ ८३ अर्ब ९९ करोड विनियोजन गरिएको बताए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका लागि चालु आवमा ६९ अर्ब ३८ करोड बजेट विनियोजन गरिएको थियो । प्रदेशतर्फ छ अर्ब २६ करोड र स्थानीय तहमा २७ अर्ब ४४ करोड रुपैयाँ हस्तान्तरण गरिएको थियो ।

गत वर्षसम्म कोभिडका कारण स्वास्थ्य मन्त्रालयको बजेट ह्वात्तै बढाइएको थियो । स्वास्थ्य क्षेत्रलाई स्थानीय स्तरमै भरपर्दो बनाउने उद्देश्यले स्वास्थ्यतर्फको बजेट बढाएको अर्थमन्त्री डा.महतले बताए । 

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १९:१२
Weather Update