News Griha :: न्यूजगृह
निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य चाँडै अगाडि बढाइने

काठमाडौं— संघीय संसद्को संयुक्त बैठकमा सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य चाँडै अगाडि बढाइने बताएका छन् । 

‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको वातावरणीय मूल्यांकन, वस्तु स्थानान्तरण, मुआब्जा वितरण, जग्गा संरक्षण लगायतका पूर्वतयारी कार्यका लागि बजेट छुट्टाइएको छ,’ उनले भने, ‘लगानी मोडालिटी तयार गरी यस विमानस्थलको निर्माण कार्य चाडै अगाडी बढाइनेछ ।’ 
 

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १७:५०
Weather Update