विदेशी लगानीकर्ताहरूको समेत सहभागितामा पूर्वाधार फण्ड स्थापना गरिने

काठमाडौं— सरकारले विदेशी लगानीकर्ताहरूको समेत सहभागितामा पूर्वाधार फण्ड स्थापना गर्ने भएको छ ।
अर्थमन्त्री डा.प्रकाशशरण महतले सोमबारआगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै विदेशी लगानीकर्ताको सहभागितामा पूर्वाधार फण्ड स्थापनाका लागि कानूनी व्यवस्था गरिने बताएका हुन् ।
'पूर्वाधार आयोजनामा निजी पुँजी परिचालन गर्न स्वदेशी तथा विदेशी लगानीकर्ताको सहभागितामा पूर्वाधार फन्ड स्थापनासम्बन्धी कानूनी व्यवस्था गरिनेछ,' उनले भने ।
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८० १७:२८