News Griha :: न्यूजगृह
खुल्यो जग्गाको कित्ताकाट

काठमाडौं— केही समययता रोकिएको जग्गाको कित्ताकाट फुकुवा भएको छ । सरकारले आगामी आर्थिक वर्षको वजेटमा जग्गाको कित्ताकाट फुकुवा भएको उल्लेख गरेको हो ।
 
अर्थमन्त्री डा. रामशरण महतले सोमबार प्रतिनिधि सभा तथा राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै जग्गाको कित्ताकाट फुकुवा गरिने बताएका हुन् ।

जग्गाको कित्ताकाटमा रोक लगाइएको कारण पछिल्लो समय रियलस्टेट व्यवसायीहरू समस्यामा परेका थिए । साथै कित्ताकाट नखुल्दा घरजग्गाको कारोबारमा समस्या देखिएको र त्यसको प्रत्यक्ष असर देशको अर्थतन्त्रमा परेको आकलन गरिएको थियो । 
 

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १७:२८
Weather Update