सरकारले २५ हजारजनालाई जग्गाधनी पुर्जा वितरण गर्ने

काठमाडौं— सरकारले भूमि आयोगमार्फत आगामी आर्थिक वर्षमा २५ हजार जनालाई जग्गाधनी पुर्जा वितरण गर्ने भएको छ । सुकुम्बासीको लगत संकलन गरी उनीहरूको आवश्यक वर्गीकरण गरेर जग्गाधनी पुर्जा वितरण गरिने अर्थमन्त्री डा. रामशरण महतले जानकारी दिएका हुन् ।
देशभर रहेका सुकुम्वासीहरूले ओगटेको जग्गाको नापजाँच गरि आवश्यकताअनुसार सो जग्गाको लालपुर्जा वितरण गरिने उनले बताए ।
आर्थिक वर्ष २०८०÷८१ को वजेट सार्वजनिक गर्दै अर्थमन्त्री महतले वैज्ञानिक रुपमा जमिनको वर्गिकरण हुने समेत बताएका थिए ।
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८० १७:२५