News Griha :: न्यूजगृह
राजस्व संकलन ११ खर्ब ७९ अर्ब मात्रै हुने अनुमान

काठमाडौं— अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारको राजस्व संकलन ११ खर्ब ७९ अर्ब मात्रै हुने अनुमान गरेको बताएका छन् । 

सोमबार आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै मन्त्री महतले चालु आर्थिक वर्षमा राजस्व संकलन ११ खर्ब ७९ अर्ब ८४ करोड रुपैयाँ राजस्व संकलन हुने अनुमान गरिएको बताए । 

अर्थमन्त्री महतले सार्वजनिक गरेको बजेट वक्तव्यमा यो लक्ष्यको तुलनामा ८४ प्रतिशत मात्रै भएको बताए । 
 

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १७:१६
Weather Update