अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि १ अर्ब बजेट विनियोजन

काठमाडौं— अनुसन्धान, नवप्रवर्तन र आविष्कार सम्बन्धी कार्य गर्नका लागि सरकारले आगामी आर्थिक वर्षको कुल बजेटको १ प्रतिशत छुट्याउने निर्णय गरेको छ । आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. रामशरण महतले त्यसका लागि १ अर्ब रुपैयाँ वजेट विनयोजन गरेको बताएका छन् ।
साथै उनले उद्यमशील सोच र संस्कृतिको विकासमा सरकारको तर्फबाट टेवा पु¥याउनका लागि बजेट विनियोजन गरेको दाबी समेत गरेका छन् । सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत यो बजेट परिचालन हुने समेत जानकारी दिएको छ ।
अनुसन्धान, नवप्रवर्तन र आविष्कारका बजेट विनियोजनका लागि माग गर्दै राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले धर्ना दिएका थिए ।
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८० १७:०४