News Griha :: न्यूजगृह
सरकारले सञ्चालन गरेका २० सार्वजनिक संस्थान बन्द हुने  

काठमाडौं— सरकारको मातहतमा सञ्चालनमा आइरहेका २० वटा सार्वजनिक संस्थान बन्द हुने भएका छन् । 

सोमबार आगामी आर्थिक वर्षको वजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. रामशरण महतले उस्तै प्रकृतिका काम गर्दै आएका सार्वजनिक संस्थानहरूलाई आपसमा गाभिने समेत बताए । सरकारको खर्च कटौती गर्नका लागि यसो गर्न लागिएको उनले बताएका छन् ।

त्यस्तै, सरकारी खर्च कटौतीका लागि आगामी आर्थिक वर्षमा सरकारले कुनै पनि यातायातका साधन खरिद नगर्ने नीति लिएको उनले बताए । अनिवार्य बाहेक सरकारले कुनै पनि नयाँ भवन निर्माण नगर्ने र सरकारी सुविधाबापत इन्धन र सवारीसाधन पाउने व्यक्तिहरूलाई नगद नै दिने व्यवस्था गरिने उनले बताएका छन् । 
 

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १६:५५
Weather Update