आगामी आर्थिक वर्षको बजेट पारित

काठमाडौं— मन्त्रिपरिषद्ले आगामी आर्थिक वर्ष २०८०–०८१ को बजेट पारित गरेको छ।
सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले बजेटको अंक पारित गरेको हो । आइतबार अपरान्ह बस्ने स्रंघीय संसदका दुबै सदनको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामीआर्थिक वर्षको बजेट प्रस्तुत गर्नेछन्।
१५ जेठमा नयाँ आर्थिक वर्षको बजेट संसदमा पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ।
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८० १६:०९