News Griha :: न्यूजगृह
प्रधानमन्त्रीद्वारा बालुवाटारमा तरकारी खेतीको शुभारम्भ

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र दिवसको अवसरमा सरकारी निवास बालुवाटार परिसरमा तरकारी खेतीको सुरु गरेका छन् ।

सोमबार प्रधानमन्त्री प्रचण्डले सो अवसरमा अर्थतन्त्रको मुख्य मेरुदण्ड कृषि भएको र यसलाई व्यवस्थित गर्नेतर्फ आफ्नो जोड रहेको बताए ।

‘कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिएर मात्र समृद्धिको लक्ष्य हासिल गर्न सकिन्छ । कृषि उत्पादनमा सम्पूर्ण तागत केन्द्रित नगरी राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्न सकिँदैन ।’

उनले निवास परिसरमा रहेको करेसाबारीमा काउली, काँक्रो, घिरौला, करेला, मकै, फर्सी, खोर्सानी, बोडी, सिमी, भान्टा, धनीयाँ लगायतका बीउ र बेर्ना रोपेका हुन् । 

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  ०९:१५
Weather Update