News Griha :: न्यूजगृह
रेशम चौधरीलाई आममाफी कानुन विपरीत : रास्वपा

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रेशम चौधरीलाई आममाफी दिलाउन सरकारले गरेको निर्णय आममाफीको मर्म विपरीत मात्रै नभइ पीडितको सन्दर्भमा अन्यायपूर्ण रहेको ठहर गरेको छ ।

रास्वपाका महामन्त्री मुकुल ढकालले आइतबार विज्ञप्ति जारी गर्दै चौधरीलाई आममाफी दिनु विधि र विद्यमान कानुनी व्यवस्था अनुकूल नरहेको भन्दै सरकारलाई सचेत गराउन चाहेको बताएको छ ।

‘जघन्य अपराधमा अपराधी ठहर भएका व्यक्तिलाई आममाफी दिने कानुनी व्यवस्थाको मर्म विपरीत हुने गरी उन्मुक्ति दिने कार्य गम्भीर मानवअधिकारको उल्लंघन समेत हो । तसर्थ निजलाई आममाफी दिनु विधि र विद्यमान कानुनी व्यवस्था अनुकूल नरहेकाले सरकारलाई सचेत गराउन चाहन्छौं,’ रास्वपाले विज्ञप्तिमा भनेको छ ।

त्यसैगरी रास्वपाले टीकापुर घटनाको छानबिन गर्न सरकारद्वारा गठित लाल आयोगको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न पनि माग गरेको छ ।

हेर्नुहोस् विज्ञप्ति 

rsp1685290864.jpg

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  २२:०५
Weather Update