News Griha :: न्यूजगृह
बजेटको कार्यान्वयन पक्षलाई जोड दिनुपर्छ : प्रमुख सचेतक लेखक

काठमाडौं— नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारले ल्याउने बजेट कार्यान्वयन पक्षलाई जोड दिएर ल्याउनुपर्ने बताएका छन् ।

आइतबार प्रतिनिधि सभा बाहिर सञ्चारकर्मीसँग उनले आगामी आर्थिक वर्षको बजेटका बारेमा प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् ।

उनले सरकारले ल्याउने बजेट राम्रो हुने भए पनि कार्यान्वयन पक्ष कमजोर रहेको भन्दै वर्तमान सरकारले कार्यान्वयन पक्षलाई जोड दिएर बजेट आउनुपर्ने बताए ।

सरकारले  बजेटमार्फत ल्याएका योजनाहरू ३ वर्षमा पूरा गर्ने भने पनि ७ वर्षसम्म पनि पूरा हुन नसकेको उनकाे भनाइ छ ।

उनले भौतिक पूर्वाधार निर्माण समयमा सम्पन्न गर्ने र गुणस्तरमा जोड दिन आवश्यक रहेको भनाइ राखे ।

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  २०:४२
Weather Update