News Griha :: न्यूजगृह
मुलुकको आर्थिक स्थिति सन्तोषजनक छैन : अर्थमन्त्री महत

काठमाडौं— अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको आर्थिक अवस्था सन्तोषजनक नभएको स्वीकार गरेका छन् । 

आइतबार प्रतिनिधि सभाको बैठकमा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेश गर्दै उनले वित्तिय स्थिति भन्दा सामाजिक तथा भौतिक पूर्वधारमा लगानीको अवस्था सन्तोषजनक भएको बताए ।

उनले भने ‘विगतमा सार्वजनिक संस्थाले मुलुकको आर्थिक समाजिक तथा पूर्वाधार विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भएता पनि सञ्चालन र व्यवस्थापनमा देखा परेका कमी कमजोरहरूको कारणले समग्र वित्तिय स्थिति सन्तोषजनक छैन् । सामाजिक तथा भौतिक पूर्वधारमा सन्तोषजनक उपलब्धि भएको छ । यस पटकको आर्थिक सर्वेक्षणमा राष्ट्रिय जनगणना २०७८ को जनसांख्यिक संरचना र लाभलाई आर्थिक दृष्टिकोणबाट विश्लेषण गरि छुट्टै अध्ययनको रुपमा प्रस्तुत गरिएको छ ।’

उनले वित्तियस्थिति सुधारका लागि पनि सरकारले आवश्यक प्रयास गरिरहेको बताए ।

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १५:२७
Weather Update