News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
सुदूरपश्चिममा बजेट सिलिङ घट्यो, २६ अर्ब हाराहारीमा बजेट ल्याउने तयारी 

धनगढी— आगामी आर्थिक वर्षका लागि बजेट ल्याउने समय नजिकिँदै गर्दा सुदूरपश्चिम प्रदेश सरकार योजना छनौट र प्राथमिकीकरणमा व्यस्त बनेको छ । संविधानतः प्रदेश सरकारले १ असार मा बजेट सार्वजनिक गर्नुपर्छ । केन्द्र सरकारले भने १५ जेठमा बजेट ल्याउँछ  । 

चालु आवको तुलनामा आगामी आवको बजेटको आकार (सिलिङ) घटेका कारण सबै मन्त्रालयमा दबाबमा छन् ।  चालु आर्थिक वर्षका लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट भने घटाउने भएको छ । सुदूरपश्चिमको नीति तथा योजना आयोगले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेटको सिलिङ घटाएको हो । 

Prabhu Bank

चालु आवको तुलनामा झण्डै १२ अर्ब कम विनियोजन हुने गरी आगामी आवको बजेट सिलिङ तोकिएको छ । राजस्व सङ्कलनमा आएको गिरावट, आर्थिक मन्दी लगायत कारण आगामी आवको बजेट घटेर आउने देखिएको छ । प्रदेशको नीति तथा योजना आयोगले आगामी आवको बजेट २४ अर्ब ६९ करोड सिलिङ तोकेर पठाएको छ । 

प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि कुल बजेटमध्ये चालुतर्फ १२ अर्ब २९ करोड ५९ लाख ८४ हजार (३३.४६प्रतिशत) र पूँजीगततर्फ २४ अर्ब १४ करोड ४७ लाख ६१ हजार रुपैयाँ (६५.७४प्रतिशत) बजेट विनियोजन गरेको थियो । सरकारी वित्तीय हस्तान्तरणतर्फ एक अर्ब ३६ करोड ४० लाख (३.७१प्रतिशत) र वित्तीय व्यवस्थापन तर्फ ३० करोड रुपैयाँ (०.८२प्रतिशत) बजेट विनियोजन गरिएको थियो ।

त्यस्तै सडक पूर्वाधारतर्फ ५ अर्ब ६० करोड ११ लाख विनियोजन गरिएको छ । त्यसबाट प्रदेशमा सडक, पुल, झोलुङ्गे पुल निर्माण गरिने उल्लेख थियो । तर चालु आर्थिक वर्ष सकिनै लाग्दासमेत कुल विनियोजन बजेटको ३६ प्रतिशत पनि कार्यान्वयन हुन सकेको छैन । सुदूरपश्चिममा बजेट कार्यान्वयन नहुने समस्या पुरानै हो । 

बजेट छ कार्यान्वयन छैन
प्रदेश सरकारसँग चालु आर्थिक वर्षका लागि पर्याप्त बजेट भएर पनि ठूला पूर्वाधार विकासका योजना अझै कार्यान्वयनमा छैनन् । चालु आर्थिक वर्षका लागि खेलकुद संरचना निर्माण गर्न ११ करोड विनियोजन गरिएको थियो ।

सो बजेटमा कञ्चनपुरको भीमदत्त नगरपालिकामा बहुउद्देश्यीय कभर्ड हल, कैलालीको टीकापुरमा खेलकुद प्रतिष्ठान र डडेल्धुरामा कभर्ड हल निर्माण गरिने भन्दै बजेट विनियोजन गरिएको भए पनि प्रभावकारी रुपमा काम हुन सकेको छैन । त्यस्तै, सिँचाइ र यान्त्रिकीकरणका लागि ७५ करोड विनियोजन गरिएको छ ।

कैलालीको कैलारी गाउँपालिका– २ मा वर्षौँदेखि अलपत्र गुरगी सिँचाइ आयोजना र गौरीगंगा नगरपालिकास्थित खुरखुरिया सिँचाइ आयोजनाका लागि ११ करोड विनियोजन गरिएको थियो ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १४:४१
राजनीति
विशेष
Weather Update