विद्यालय कर्मचारीलाई उपदान, तलबभत्ता र पेन्सनपट्टा दिन राज्य लागोस् : शर्मा
काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री तथा संघीय सांसद विश्वप्रकाश शर्माले सामुदायिक विद्यालय कर्मचारीका मागका विषयमा पुनः संसदमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।
शनिबार (१३ जेठ) बसेको प्रतिनिधि सभा बैठकमा शर्मा बजेटमार्फत कर्मचारीका माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
‘विद्यालयका कर्मचारीहरूको अहिले पनि उपदान, उनीहरूको तलबभत्ता, उनीहरूको पेन्सनपट्टा केही निश्चित छैन । उनीहरूलाई पनि सम्बोधन गर्नतर्फ राज्य लागोस्,’ शर्माले संसदमा भने ।
प्रकाशित मिति: आइतबार, जेठ १४, २०८० ०७:४७